धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेती अस्पतालमा १ जनाको मृत्यु, १ शय जनामा कोरोेना संक्रमण पुष्टि

अस्पतालमा १९ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको छ ।

सेती अस्पतालमा १ जनाको मृत्यु, १ शय जनामा कोरोेना संक्रमण पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना संक्रमित १ जनामो मृत्यु भएको छ । अस्पतालमा गरिएको पक्षिरणमा एक शय जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ४२ बर्षीय महिलाको  बिहीवार साझ सवा ५ बजे मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा ३ शय ७३ जनाको परिक्षण गरिएकोमा  संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका ८ पुरुष र  ४ महिला गरि १२ जना रहेका छन् । पुष्टि हुनेमा कैलालीका धनगढी उपमहागरपालिका बाहेकका पालिकाहरुका ३० पुरुष र २४ महिला गरि ५४ जना र कैलाली बाहेकका जिल्लाका  पुरुष २० र महिला १४ गरि  ३४ जना रहेका छन् ।

अस्पतालमा १९ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको छ ।  भर्ना भएका मध्य ५ जनाको आइसीयुमा र १० जनाको अक्सिजनको सहयोगमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा  ९ जना निको भएका छन् । ३ जना बिरामी भर्ना भएका छन् ।