सुदूरपश्चिममा २ जनाको मृत्यु, २४९ जनामा कोरोना संक्रमण पुष्टि
मृत्यु हुने दुवै जना कैलालीका रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
धनगढी पोष्ट
शुक्रबार, २८ जेठ २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । प्रदेशभरि गरिएको परिक्षणमा २ सय ४९ कोरोनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मृत्यु हुने दुवै जना कैलालीका रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संगै सुदुरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ५३ पुगेको स्वास्थ्य निर्देशनालय जनाएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार पिसिआर बिधिबाट गरिएको २ सय २८ नमुनाको परिक्षणमा १ सय २५ जनामा र एन्टिजेन विधिबाट गरिएको १ हजार ३८ नमुनाको परीक्षणमा १ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय अनुसार पछिल्लो २४ घण्टामा १ सय ३१ जनाले कोरोना जितेका छन् ।