धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

मन्त्री सोडारीको उजुरी दर्ता गरेर प्रशासनले रावलको मुद्धा कमजोर बनायो :  थापा

मन्त्री सोडारीलाई पार्टीको पत्र बुझाउन गएको बेला मन्त्री सोडारीले आफुमाथि कुटपिट गरेको भन्दै एमाले प्रदेश   सचिव  रावलले मन्त्री सोडारी बिरुद्ध प्रहरीमा उजुरी दिएका छन् । मन्त्री सोडारीले पनि रावल आफ्नो निवासमा आएर कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका

मन्त्री सोडारीको उजुरी दर्ता गरेर प्रशासनले रावलको मुद्धा कमजोर बनायो :  थापा

धनगढी नेकपा एमाले सुदुरपश्चिम अध्यक्ष कर्ण थापाले प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री दिर्घ सोडारीको उजुरी दर्ता गरेर कैलाली  प्रशासनले एमाले प्रदेश सचिव राजेन्द्र  रावलको मुद्धा कमजोर बनाएको आरोप लगाएका छन्

कारवाहीको लागि मुद्धा दर्ता गरिसक्दा पनि कारवाही गर्नुको सट्टा उल्टै दोषीको तर्फबाट समेत उजुरी लिएर मुद्धा कमजोर गर्ने कैलाली  प्रशासको कार्यप्रति आपत्ति जनाउँदै  अध्यक्ष थापाद्धारा आज (शनिबार) जारी गरिएको प्रेस बिज्ञप्तिमा भनिएको तत्काल  कानुन बमोजिम कारवाही अघि बढाउन माग गर्दछौं

आफ्नो गल्ती स्वीकानुको सटटा उल्टै उजुरी गर्न जाने कुरा मन्त्री पदमा बसेको व्यक्तिको लागि अशोभनीय रहेको बिज्ञप्तिमा उल्लेख 

पत्रमा केन्द्रिय सदस्यल एवम प्रदेश सचिव रावल पार्टीको निर्देशन सहितको पत्र बुझाउन गएको बेला आफ्नै कार्यकक्षमा मन्त्री सोडारीले कुटपिट गरेको बिज्ञप्तिमा उल्लेख

सुदुरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टले बिश्वासको मत लिनु भन्दा अघिल्लो दिन मन्त्री सोडारीलाई पार्टीको पत्र बुझाउन गएको बेला मन्त्री सोडारीले आफुमाथि कुटपिट गरेको भन्दै एमाले प्रदेश   सचिव  रावलले मन्त्री सोडारी बिरुद्ध प्रहरीमा उजुरी दिएका छन् मन्त्री सोडारीले पनि रावल आफ्नो निवासमा आएर कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन्