धनगढी पोष्ट
आइतबार, ३० जेठ २०७८ मा प्रकाशित
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको पक्षिरणमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा ९७ नमुनाको परिक्षण गरिएको हो ।
अस्पतालमा २२ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको छ । भर्ना भएका मध्य १२ जनाको आइसीयुमा र १ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा १ जना निको भएका छन् । २ जना बिरामी भर्ना भएका छन् ।