धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

चिकित्सकमाथि हातपात गर्ने दुई जना प्रहरी नियन्त्राणमा

अस्पतालमा गभर्वती महिलाको अप्रेसनको क्रममा बच्चाको मृत्यु भएको घटनामा चिकित्सकमाति हातपात गर्न खोजेपछि उनीहरुलाईनियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चिकित्सकमाथि हातपात गर्ने दुई जना प्रहरी नियन्त्राणमा

दार्चुला । चिकित्किमाथि हातपात गर्न खोजेको आरोपमा प्रहरीले दार्चुलाको गोकुलेश्वर अस्पतालबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । अस्पतालमा गभर्वती महिलाको अप्रेसनको क्रममा बच्चाको मृत्यु भएको घटनामा चिकित्सकमाति हातपात गर्न खोजेपछि उनीहरुलाईनियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको गोकुलेश्वार अस्पतालबाट  प्रहरीले नियन्त्रणमा लिएकामा बैतडीको डिलाशैनी गाउँपालिका ६ चौंसेराका नरेन्द्र नाथ र लोकेन्द्र नाथ रहेका छन् । 

शनिबार राती शैल्यशिखर नगरपालिका वडा नम्बर १ कि २७ वर्षीया गर्भवती महिला सुत्केरी हुने क्रममा नवजात शिशुको ज्यान गएको थियो । शिशुको अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै आफन्तहरु आन्दोलित भएका थिए ।

समान्य रुपमा सुत्केरी हुन नसकेपछि ती महिलाको अप्रेशन गरेर बच्चा जन्माइएको थियो । बच्चा पेटभित्रै मरेको चिकित्सकले बताएका छन् । यो घटनामा अस्पतालको कुनै कमजोरी नभएको अस्पताल प्रशासनले जनाएको छ ।

आइतबार दिउँसो गोकुलेश्वर अस्पताल प्रशासन, प्रहरी, पिडित पक्ष र शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय सुरेन्द्र बहादुर बिष्ट बीच घटनाका बिषयमा छलफल भैरहेको छ ।