धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदुरपश्चिम सरकार पुनर्गठनबारेको मुद्धाको  सुनुवाई असार ५ गते हुने

आइतबार भएको बहशपछि न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले आगामी असार ६ गते अन्तरिम आदेशको लागि पेसी तोकेको हो ।

सुदुरपश्चिम सरकार पुनर्गठनबारेको मुद्धाको  सुनुवाई असार ५ गते हुने

धनगढी । सर्वोच्च  अदालतमा रहेको सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन विरुद्धको मुद्धाको  आगामी सुनुवाई असार ६ गते हुने भएको छ ।

आइतबार भएको बहशपछि न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले आगामी असार ६ गते अन्तरिम आदेशको लागि पेसी तोकेको हो ।

निवेदनको माग बमोजिमको आदेश किन जारी गर्नु पर्ने कारण सर्वोच्च अदालतले माग गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको कार्यालयलाई आइतबार जारी भएको आदेशमा १५ दिन भित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरिएको छ ।

कमलसिंह राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले दर्ता गराएको रिटमाथि आइतबार अधिवक्ता महेश भट्टराई, दलबहादुर धामी, राम बहादुर शाह, अपेक्षा निरौलाले बहस गरेका थिए ।