धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

कैलालीमा निषेधाज्ञा थपियो, अत्यावश्यक बस्तुका पसल हप्तामा सातै दिन खुल्ने

केही परिमार्जन सहित  असार ७ गतेसम्म थप गरिएको निषेधाज्ञामा खाद्य सामाग्री सहित अत्यावश्यक बस्तुका पसलहरु हप्तामा सात दिन नै सीमित समय खुल्ने भएका छन् ।

कैलालीमा निषेधाज्ञा थपियो, अत्यावश्यक बस्तुका पसल हप्तामा सातै दिन खुल्ने

धनगढी ।  कैलाली जिल्लामा केही खुकुलो गरेर निषेधाज्ञा एक हप्ता थप गरिएको छ । केही परिमार्जन सहित  असार ७ गतेसम्म थप गरिएको निषेधाज्ञामा खाद्य सामाग्री सहित अत्यावश्यक बस्तुका पसलहरु हप्तामा सात दिन नै सीमित समय खुल्ने भएका छन् ।

खाद्य सामाग्रीका पसलहरुm, निर्माण सामाग्री, हार्डवेयर, इलेक्ट्रोनिक्स, भाडा वर्तनका पसल, पुस्तक पसल र स्टेशनरी, कपडा तथा फेन्सी पसल, टेलरिङ्ग सेन्टर बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न सकिने गरि कैलालीका प्रमुख जिल्ला अधिकरी खगेन्द्र रिजालले  आज (सोमबार) निषेधाज्ञाको आदेश जारी गरेका छन् ।

पसलहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्डहरुको पुर्ण पालना गर्नु÷गराउनु पर्नेछ । 

बीमा, बैंक तथा बित्तीय संस्थाहरु बिहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन  गर्ने प्रमुख जिल्ला अधिकारीको आदेशमा उल्लेख छ ।  अन्य बिषय नेपाल राष्ट्र बैंकले तोके बमोजिम हुनेछन् ।

कोरोना संक्रमण हुने र मृत्यु हुने संख्यामा केही हदसम्म गिरावट आएता पनि अझै ढुक्क भैहाल्नु पर्ने अवस्था छैन । निषेधाज्ञाको आदेशमा भनिएको छ जेठ २०गते जारी गरिएको निषेधाज्ञालाई थप था परिमार्जन गरि असार ७ गतेसम्म कैलाली जिल्लाभर लागु हुने गरि निरन्तरता दिइएको छ ।