धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेती अस्पतालमा  १३ जनामा कोरोना संक्रमण  पुष्टि

पछिल्लो २४ घण्टामा ३ जना  अस्पतालमा भर्ना भएका छन् ।

सेती अस्पतालमा  १३ जनामा कोरोना संक्रमण  पुष्टि

धनगढी । सेती प्रादेशिक असपताल धनगढीमा गरिएको परिक्षणमा १३ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा २ शय ३१ नमुनाको परिक्षण गरिएको थियो ।

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा कोरोना संक्रमित १५ जनाको उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा ३ जना  अस्पतालमा भर्ना भएका छन् । दश जनाको आइसोलेसनमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा  दश जना निको भएर  र होम आइसोलेसनका गएका छन् ।