धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

धनगढीमा  चौधरी ग्रुपको प्रादेशिक कार्यालय स्थापना,  छ अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

अक्सिजन प्लान्ट निर्माण प्रक्रिया अघि बढेको  र असार महिनामा अक्सिजन ग्याँस उत्पादन शुरु हुने प्रादेशिक प्रशासक  स्माइल चौधरीले बताए  ।

धनगढीमा  चौधरी ग्रुपको प्रादेशिक कार्यालय स्थापना,  छ अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

धनगढी ।  चौधरी ग्रुपले प्रादेशिक कार्यालय सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा  स्थापना गरेको  छ । धनगढीमा रहेके  प्रादेशिक कार्यालयले चौधरी ग्रुपका सुदूरपश्चिम र कर्णालीका व्यावसायिक गतिविधि र   सीएसआर हेर्ने सीजी ग्रुपको प्रदेश प्रशाशक स्माइल चौधरीले बताए ।

प्रादेशिक कार्यालयको उदघाटन तथा अक्सिजन कन्सन्ट्रेटर वितरण प्रादेशिक कार्यालयको उदघाटन तथा चौधरी फाउण्डेशनबाट कोभिड १९ महामारीका बिरामीको उपचारका लागि अक्सिजन कन्सन्ट्रेटर वितरण धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले गरेका हुन् ।

चौधरी ग्रुपले सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशमा अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग गरेको छ । अक्सिजन प्लान्ट निर्माण प्रक्रिया अघि बढेको  र असार महिनामा अक्सिजन ग्याँस उत्पादन शुरु हुने प्रादेशिक प्रशासक  स्माइल चौधरीले बताए  ।

चौधरी ग्रुपले अक्सिजन कन्सन्ट्रेटर गोदावरी नगरपालिकाको मालाखेती अस्पताललाई २ वटा, बेलौरी नगरपालिकाको बेलौरी अस्पताललाई  २  वटा  र  बैतडीको श्रीकोट स्वास्थ्य चौकीलाई  दुई वटा हस्तान्तरण गरेको हो ।