धनगढी पोष्ट
सोमबार, ३१ जेठ २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशमा सोमबार कोरोना संक्रमित ४ जनाको मृत्यु भएको छ । प्रदेशमा गरिएको परिक्षणमा १ शय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार मृत्यु हुनेमा कञ्चनपुरका २ जना, कैलालीका १ जना र अछमका १ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा ३ शय ९८ नमुना पीसीआर बिधिबाट तथा ४ वटा सीमानाकामा १ हजार ७७ नमूना एन्टिजेन विधिबाट परीक्षण भएका छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २३१ जनाको नमूना परीक्षण गर्दा १३ जना, डडेल्धुरा अस्पतालमा २० जनाको नमूना परीक्षण गर्दा ५ जना, महाकाली अस्पतालमा ३८ जनाको नमूना परीक्षण गर्दा ८ जना, अछामको कमल बजार प्रयोगशालामा ४८ जनाको नमूना परीक्षण गर्दा २१ जना, डोटी अस्पतालमा २६ जनाको नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३९ जना संक्रमित निको भएका छन् ।
हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका ३३ हजार २१२ जनाले कोरोना जितेका छन भने, ५५९ जनाको मृत्यु भएको छ ।