धनगढी पोष्ट आइतबार, ११ साउन २०८२   July 27, 2025

बाजुरमा खोलाले बगाउँदा २ जना बेपत्ता

बेपत्ता भएका दुवै जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

बाजुरमा खोलाले बगाउँदा २ जना बेपत्ता

बाजुरा । बाजुरा जिल्लामा सोमबार खोलाले बगाउदा २ जना बेपत्ता भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिकामा एक जना र बुढीनन्दा नगपालिकामा खोलाले बगाउदा एक  बेपत्ता भएका छन् ।

अविरल वर्षासंगै  त्रिवणी नगरपालिकाकाको किम्नी खोलामा आएको बाढीले बगाउँदा सोही नगरपालिका५ किम्नीका स्थानीय घुरे बुढाका १३ वर्षीय छोरा कमल बुढा  बेपत्ता रहेको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक धनदेव साउँदले बताए ।

गाउँ नजिकै रहेको किम्नी खोलामा आएको बाढीले बुढालाई सोमबार विहान बगाएर बेपत्ता पारेको हो ।  बेपत्ता भएका बालकको खोजीका लागि प्रहरी चौकीबाट टोली घटनास्थल गएको छ  । 

त्यस्तै सोमबार नै बुढीनन्दा नगपालिका३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला पनि बेपत्ता भएकी  छन्  ।

गाउँ नजिकै रहेको बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा संकलन गर्ने क्रममा बाढीले बगाएको स्थानीय धनबहादुर बोहराले बताए ।

 बेपत्ता भएका दुवै जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।