धनगढी पोष्ट
मङ्गलबार, ०१ असार २०७८ मा प्रकाशित
धनगढी । नेकपा एमाले सुदुरपश्चिम प्रदेश सभा संसदिय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई बिश्वासको मत नदिने सात प्रदेश सभा सदस्यहरुलाई निलम्बन गरेको छ ।
संसदिय दलले केपी ओली पक्षीय प्रदेश सभा सदस्यहरुलाई सातदेखि पन्ध्र दनको लागि निलम्बन गरेको हो । संसदिय दलमा माधव नेपाल पक्षको दुई तिहाइ सदस्य रहेका छन् ।
दलका नेता प्रकाश बहादुर शाहको अध्यक्षतामा सोमबार बसेको दलको सात जनालाई निलम्बन गर्ने निर्णय गरेको हो । प्रमुख सचेतक दुर्गाकुमारी विकका अनुसार पठानसिंह बोहरा र रतन थापालाई १५ दिन, बलदेव रेग्मी र लिलाधर भट्टलाई १० दिन र नेपालु चौधरी, ग्याल्बुसिंह बोहरा र माया तामाङ बोहरालाई सात दिन निलम्बन गरिएको छ ।
सात जनाले जेठ २५ गते भएको बैठकमा मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएका थिएनन् । उनीहरुले एमाले पार्टीले सुदुरपश्चिमको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको भन्दै मुख्यमन्त्रीलाई मत दिएका थिएनन् ।
दलको बैठकमा सातै जनाको उपस्थिति थियो । तर उनीहरुले उपस्थितिमा भने हस्ताक्षर गरेनन् ।