धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

हरिप्रिया प्रकाश फाउन्डेसनद्धारा ५ शय सिलेन्डर सेती अस्पताललाई हस्तान्तरण

सुदुरपश्चिमका  मुख्यमन्त्री त्रिलोचन भट्टले  सेती प्रादेशिक अस्पताललाई अक्सिज हस्तान्तरण गरेका हुन् ।

हरिप्रिया प्रकाश फाउन्डेसनद्धारा ५ शय सिलेन्डर सेती अस्पताललाई हस्तान्तरण

धनगढी  । हरिपृया प्रकाश फाउन्डेसनको तर्फबाट नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीले ५ शय अक्सिजन सिलेन्डर भरेर दिईने बोर्ड सहित अक्सिजनले भरिएको ट्रक नै सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेका छन् ।

सुदुरपश्चिमका  मुख्यमन्त्री त्रिलोचन भट्टले  सेती प्रादेशिक अस्पताललाई अक्सिज हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री भट्टले खादा, माला र मन्च नबनाएर सिधै अक्सिजन भरिएको ट्रर्क सहित अस्पताल परिसरमा गरिएको यो उदाहरणिय कदम अनुकरणीय भएको बता । मुख्यमन्त्री भट्टले  नेपाली कांग्रेसको नेतृ स्वर्गीय हरिप्रीया भण्डारी र झण्डै हजार बिगाह जमिन उच्च माबि, क्याम्पस, एयरपोर्ट, पार्क र कभर्ड हललाई दिने भण्डारी परिवारद्वारा कोरोनाकाल दिईएको लाखौंको निस्वार्थ सहयोग धन्यवाद सहित स्विकारेको बताए ।

नेपाली कांग्रेस संसदिय दलका नेता डा. रण बहादुर रावलले कोरोनाको महायुद्धमा सुदुरपश्चिममा  १८ शय  सिलेन्डर  बितरण गरेर प्रदेशमै नेपाली कांग्रेसको प्रतिष्ठाा बढाएको बताए ।

नेपाली कांग्रेस कैलालीका सभापति नारायण शाहले जनमन कांग्रेस र तन मन सेवा अभियान अन्तगर्त नेपाली कांग्रेसको निर्देशनमा क्षितिज भण्डारीद्वारा बितरित अक्सिजन सिलेन्डरले बिपन्न बर्गका नागरिकहरु तत्कालै लाभान्वित हुने भएकोले यस्तै फास्ट ट्रर्याकमा प्रत्येक वार्डर्मा आईसियु र भेन्टिलेटर स्थापना गर्न नेपाली कांग्रेसले प्रदेश सरकारलाई संसदमा साथ दिने बताए ।

समाजसेवी नृपबहादुर सुनारद्वारा संचालित सो कार्यक्रम सयोजक क्षितिज भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. हेमराज पाण्डे, प्रदेश डिआईजी उत्तम सुबेदी, समाजसेवी श्याम तायल, तोयराज भट्ट, हरिषचन्द्र ठाकुर, जगत सिह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।