धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

कोराना महामारीको नियन्त्रणका लागि सुदुरपश्चिम सरकारद्धारा ९० करोड बिनियोजन

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले कोभिड १९ लगायतका महामारी संक्रमणको रोकथाम, उपचार, व्यवस्थापन कार्यलाई उच्च प्राथमिकतामा राखी साधनको अभाव हुन नदिइने बताए ।

कोराना महामारीको नियन्त्रणका लागि सुदुरपश्चिम सरकारद्धारा ९० करोड बिनियोजन

धनगढी । सुदुरपश्चिम सरकारले कोभिड १९ लगायतका महामारीको रोकथाम, उपचार  र नियन्त्रणका लागि ९० करोड रकम बिनियोजन गरेको छ ।

सुदुरपश्चि प्रदेश सभामा आर्थिक बर्ष २०७८।२०७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले कोभिड १९ लगायतका महामारी संक्रमणको रोकथाम, उपचार, व्यवस्थापन कार्यलाई उच्च प्राथमिकतामा राखी साधनको अभाव हुन नदिइने बताए ।

आर्थिक मामिला तथा योजना मन्त्री शाहले  साधनको अभाव हुन नदिन ९० करोड  बिनियोजन गरिएको बताए ।