धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालको लागि ५ करोड बिनियोजन

सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पतालमा  सरुवा रोग अस्पताल   स्थापना संचालनको  लागि बिनियोजन

सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालको लागि ५ करोड बिनियोजन

धनगढी । सुदुरपश्चिम सरकारले सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पताल परिसरमा  सरुवा रोग अस्पताल स्थापना तथा अनुसन्धान केन्द्र स्थापना एवम संचालनको  लागि ५ करोड रकम बिनियोजन गरेको छ ।

सुदुरपश्चि प्रदेश सभामा आर्थिक बर्ष २०७८।२०७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले सवारी दुर्घटनाबाट हुने घाइतेको तत्काल उपचारको लागि र  सरुवा रोगबाट हुने क्षति कम गर्नका ती अस्पतालहरु स्थापना र संचालन गरिने बताएका हुन् ।