धनगढी पोष्ट
बिहिबार, ०३ असार २०७८ मा प्रकाशित
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा १ शय १३ जनाको परिक्षण गरिएको थियो ।
सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा १८ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । अस्पतालमा रहेका मध्य आइसीयुमा ११ जनाको र भेन्टिलेटरमा १ जनाको उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा ९ जना अस्पतालमा भर्ना भएका छन् । तीन जना निको भएर र होम आइसोलेसनका गएका छन् ।