धनगढी पोष्ट
बिहिबार, ०३ असार २०७८ मा प्रकाशित
धनगढी । सुदुरपश्चिम प्रदेशमा बिहीवार कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । प्रदेशमा गरिएको परिक्षणमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार प्रदेशमा पीसीआर बिधिबाट ३ शय ४९ नमुनाको परिक्षण गरिएकोमा ३७ जनामा र एन्टिजेन बिधिबाट ७ शय ४६ जनाको परिक्षण गरिएकोमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पीसीआर बिधिबाट डडेल्धुरा अस्पतालमा १३ नमुनाको परिक्षण गर्दा ३ जनामा, सेती अस्पतालमा १ शय १३ नमुनाको परिक्षण गर्दा १३ जनामा, डोटी अस्पतालमा ११ नमुनाको परिक्षण गर्दा ४ जनामा, बैतडी अस्पालमा १ शय ६४ नमुनाको परिक्षण गर्दा ३ जनामा र कमलबजार अस्पतालमा ४८ नमुनाको परिक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९४ जना कोरोना संक्रमित निको भएका छन् ।