धनगढी पोष्ट
शनिबार, ०५ असार २०७८ मा प्रकाशित
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ शय ४९ नमुनाको परिक्षण गरिएको थियो ।
सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा कोरोना संक्रमित २० जनाको उपचार भैरहेको छ । अस्पतालमा रहेका मध्य ११ जनाको आइसीयु र २ जनाको भेन्टिलेटरको सहयोगमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा अस्पतालमा कोरोना संक्रमित २ जना भर्ना भएका छन् भने ३ जना निको भएर फर्किएका छन् ।