धनगढी पोष्ट
सोमबार, ०८ असार २०७७ मा प्रकाशित
धनगढी
धनगढी स्थित प्रयोगशालमा २४ घण्टामा गरिएको परिक्षणमा सुदुरपश्चिममा ४१ जनामा कोरोना पुष्टि भएको छ । यससँगै आज एकै दिन सुदुरपश्चिममा कोरोना पुष्टि हुने जम्मा संख्या १ शय ३७ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २४ घण्टामा गरिएको परिक्षणमा सुदुरपश्चिमका ९६ जनामा आज कोरोना पुष्टि भैसकेको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढीमा भएको परीक्षणमा धनगढीका ५ महिला र १६ पुरुष गरी २१, भजनी नगरापलिकाका एक पुरुष, अछाममा तीन महिला र दुई पुरुष गरी पाँच जना, डडेल्धुराको गन्यापधुराका तीन पुरुष, कञ्चनपुरको शुक्लाफाँटाका तीन महिला र एक पुरुष गरेर चार जना, बेदकोटका एक पुरुष, भीमदत्तनगरका एक पुरुष, पुनर्वासका दुई पुरुषमा कोरोना पुष्टि भएको छ ।
यसैगरी बझाङको बुगंलका एक महिला र दुई पुरुष गरी तीन जनामा कोरोना पुष्टि भएको उनले बताए ।
यस्तै आजै राष्ट्रिय प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको थियो । कैलालीमा एक महिला र ५७ जना पुरुष गरी ५८ जना, डडेल्धुरामा ५ महिला र १० पुरुष गरी १५ जना, बैतडीमा एक महिला र १३ पुरुष गरी १४ जना, डोटीमा चार महिला र तीन पुरुष गरी सात जना र अछाम जिल्लामा २ जनामा कोरोना पुष्टि भएको छ ।