धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

देउवाले भने ‘सच्च्नि तयार छु, सभापतिमा लड्छु ।’

छलफलमा सहभागी देउवा निकट एक केन्द्रीय सदस्यका अनुसार देउवाले पुन सभापतिमा लड्ने चाहना व्ययक्त गरेका छन् ।

देउवाले भने ‘सच्च्नि तयार छु, सभापतिमा लड्छु ।’

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु निकट नेताहरूसँग आफ्ना कमजोरी अनौपचारिक कार्यक्रममा देखाइ दिन आग्रह गरेका छन् । शनिबार बिहान आफ्नै निवासमा कांग्रेसका आफु निकटका नेताहरूलाई बोलाएर आफु सच्चिन तयार भएकाले औपचारिक कार्यक्रममा भन्दा पनि अनौपचारिक कार्यक्रममा आफ्ना कमीकमजोरी औल्याउन आग्रह गरेका हुन् ।

छलफलमा सहभागी देउवा निकट एक केन्द्रीय सदस्यका अनुसार देउवाले पुन सभापतिमा लड्ने चाहना व्ययक्त गरेका छन् । पार्टीमा मैले गर्नु पर्ने थुप्रै काम बाँकी छन् । पहिले पनि त्यति राम्ररी काम गर्न पाइएन । अबको महाधिवेशनमा पनि मैले उम्मेदवार बन्ने विचार गरेको छु, देवाको भनाई उदृत गर्दै  ती नेताले भने । 

छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी कांग्रेसमा सहमहामन्त्री बनेका सुनील थापा पनि सहभागी थिए । यस्तै ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, भीष्मराज आङ्दम्बे, सीता गुरुङ, रामकृष्ण भट्टराई, बाबुराम बस्नेत, डिला संग्रौला लगायत पनि छलफलमा सहभागी थिए ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ ।