धनगढी पोष्ट
शनिबार, ०५ असार २०७८ मा प्रकाशित
धनगढी । कन्चनपुरको भीमत्त नगरपालिकाबाट प्रहरीले शनिबार लागु औषध खैरो हिराइन सहित २ जनालाई पक्राउ गरेको छ ।
बिशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले भमिदत्त नगरपालिका वडा नम्बर ६ शिव मन्दिर नजीकै एउटा मोटरसाइकल र एउटा स्कुटरमा सवार दुई जनालाई लागु औषध खैरो हिराइन ६ ग्राम ३७ मिलिग्राम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर ६ ऐठपुरका २० बर्षीय सागर तिरुवा र सोही ठाउँका २८ बर्षीय महेन्द्र बोहरा रहेका छन् । उनीहरु सवार म २ प २०३३ नम्बरको मोटरसाइकल र म २ प ५३६८ नम्बरको स्कुटर पनि प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।