धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

महाकालीको पानी पसेपछि दोधरा चादनीका एक वडा डुबानमा

रातीको समयमा महाकाली नदीमा जगबुडा नदीको धार ठोक्कीएपछि नदीको भंगालो बस्तीमा पसेर तटिय क्षेत्र डुुबानमा परेको छ ।

महाकालीको पानी पसेपछि दोधरा चादनीका एक वडा डुबानमा

दोधारा । महकाली नदीमा आएको बाढीले  कन्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नम्बर  १० डुबानमा परेको छ ।

शनिबार राति  महाकाली नदीको पानी जगबुडा नदीमा एक आपसमा ठोक्किदा  दोभानमा रहेका शान्ती टोल, बैतिफाँटा, निशाने टोल, कुतियाकवर लगायतका बस्तीहरु डुवानमा  परेका  छन्  ।

रातीको समयमा महाकाली नदीमा जगबुडा नदीको धार ठोक्कीएपछि नदीको भंगालो बस्तीमा पसेर तटिय क्षेत्र डुुबानमा परेको स्थानियबासी राजिव खड्काले बताएका छन् । बाढी आएपछि राती  नै देखि  नै नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानियहरुले १५ घरपरिवारलाई सुरक्षित ठाउमा लगेका छन् । उद्धार गरिएकाहरु आफन्तहरुको आश्रय लिएका छन् ।    

जडबुडा नदीमा पानीको बहाव तिब्र भएपछि दोधारा चाँदनी नगरपालिकाको वडा नंम्बर १० को अठार नम्बर पिल्लर बस्तीसंग सम्पर्क बिच्छेद भएको छ भने कुतियाकवर, निशनी टोलमा आवात जावत गर्न असहज भएको छ ।

महाकाली र जगबुडा नदीमा रहेको कुतियाकवर, शान्ति टोल, बैतिफाँटा तथा प्रधानटोल, सुन्दरनगर, १८ नंम्बर  पिल्लर लगायतका बस्तीमा पानीको सतह बढ्न थालेपछि स्थानियहरुमा थप संत्रास छाएको हो ।

जगबुडा नदीको पानी महाकालीले थुनिदिदा नदीको पानी नदीको दोभान बस्तीमा पस्ने गरेको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले बताएका छन् 

गए राती महाकाली नदीमा अढाई लाख क्यूसेक पानीको बहावले बस्तीमा बाढी पसेको हो ।

बिगतमा बाढीले कुतियाकवर क्षेत्रमा ८ जनाको ज्यान  गएको थियो ।