धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
कांग्रेसमा क्रियाशील सदस्यता बिवाद

‘पार्टी छोडेको भ्रम फैलाउन खोजियो’

बिज्ञप्तीमा क्रियाशिलका लागि दुई जनाले फारम नभरेकाहरुको नाम पनि सार्बजनिक गरेको  दावी गरिएको छ ।

‘पार्टी छोडेको भ्रम फैलाउन खोजियो’

टीकापुर ।  कैलालीको टीकापुर नगरपालिकाको वडा नम्बर १ का १३ जनाले आफुहरुले नेपाली काँग्रेस नछोडेको भन्दै आफुहरुका बारेमा भ्रम फैलाउन खोजिएको आरोप लगाएका छन् ।

सामुहिक बिज्ञप्ति प्रकाशित गर्दै उनीहरुले आफ्नो इच्छा अनुसार ने क्रियमशील सदस्यता लिएको बताएका छन् । बडा अध्यक्ष दिर्घबहादुर ठकुल्लाले हस्ताक्षर अभियान चलाएर बिज्ञप्ती प्रकाशित गर्ने र भ्रम सृजना गर्ने गरेकाले हाम्रो मान मर्दन भएको महशुस गरेका छौ । बिज्ञप्तीमा भनिएको छ ।

बिज्ञप्तीमा क्रियाशिलका लागि दुई जनाले फारम नभरेकाहरुको नाम पनि सार्बजनिक गरेको  दावी गरिएको छ ।  बिज्ञप्ति प्रकाशित गर्नेमा  संगीता कुमारी साउँद ठकुल्ला, मनोज चौधरी, राजिव बादी, सुरजसिंह टमट्टा, दीपक साउँद, अमृता भुलमनिषा साउद, रेखादेवी वादी, राधा कुमारी वादी, खम्मे ठकुल्ला र  भागे चौधरी लगायत रहेका छन् ।

शुक्रबार उनीहरु ११ जना सहित १३ जनालाई काँग्रेसको वडा नम्बर ८ कार्यसमितिले उनीहरुको जानकारी बिना काँग्रेसको क्रियाशील सदस्यका लागि सिफारिस गरेको भन्दै माओवादीले विज्ञप्ती जारी गरेको थियो ।

कांग्रेसका टीकापुर नगरका सहसभापति शेरबहादुर साउँदले वडाध्यक्ष पदको दुरुपयोग गरेर प्रलोभन र धम्की दिएर  बिज्ञप्ती निकालिएको र त्यसमा  सत्यता नभएको बताए ।

नगरका सहसभापति साउँदले माओवादीले आफ्नो संगठन बनाउने प्रयास गर्न त स्वभाबिकै भए पनि  कांग्रेस नै  रमाएर सामाजिक सञ्जालमा हालेको देख्दा सोच्नुपर्ने अवस्था आएको बताए ।

के हो क्रियाशिल विवाद ?

नेपाली काँग्रेसको विधान अनुसार नयाँ क्रियाशिल सदस्यता वितरणमा क्षेत्रीय कार्यसमितिमा पुर्ण अधिकार छ ।  यसका साथ साथै वडा, गाउँ, नगर र प्रदेश पनि जिम्मेवार छ । विवाद भए जिल्ला र केन्द्रीय छानबिन समितिले प्रक्रिया पूरा भए नभएको हेरेर निर्णय गर्छ । कैलाली क्षेत्र नम्बर १ मा २३ वटा वडा समिति छन् । यसरी २३ वटा वडा मध्य २२ वटा वडामा कही पनि विवाद नभएको र टीकापुर वडा नम्बर १ मा विधान विपरीत भएपछि क्रियाशिल फारम भर्दादेखि नै विवाद शुरु भएको हो । विधान अनुसार वडामा क्रियाशिल सदस्यहरुलाई आमन्त्रण गरेर वडा कार्यसमितिले सक्रिय सदस्य पाउनेहरुको नाम सङ्कलन गर्ने र पास गर्ने, यसरी पास भएका नामहरु नगर कार्यसमितिमा अनुमोदनका लागि पठाउने व्यवस्था छ ।

नगरले अनुमोदन गरेपछि नाम र आवेदन फारम वडालाई पठाएपछि वडाले सबैलाई शुल्क लिएर आवेदन भराउनुपर्छ । तर वडा नम्बर १ मा सभापति रामचन्द्र शर्मा कट्टेलले सक्रीय सदस्यहरु मात्र हैन, पार्टीका जिम्मेवार व्यक्तिहरुलाई समेत जानकारी नगराइ सात जनाले मात्र क्रियाशिल फारम सिफारिस गरिएको छ ।

त्यसैगरी नगर कार्यसमिति र प्रदेश कार्यसमितिले गणपुरक संख्या नपु¥याई आवेदन फारम क्षेत्रमा पठाउने काम गरेको छ । वडा नम्बर १ मा वडाका नेताहरुले वडा सभापतिलाई दुई पटक निवेदन दिएर विधानअनुसार क्रियाशिल फारम दिन अनुरोध गर्दा वडा सभापति रामचन्द्र शर्मा कट्टेलले ठूलो पार्टी हो यस्तो विवाद आइरहन्छ भनेर टारेको पूर्व नगर सभापति भरत बहादुर स्वाँरले बताए ।

वडा सभापतिलाई फारम वितरण पारदर्शी गर्न पटकपटक आग्रह गर्दा पनि मनोमानी गर्नुभयो । यतिखेर क्षेत्रलाई दोष दिएर उम्कने प्रयासमा लाग्नुभएको छ’’, स्वाँरले भने  ‘‘वडा नम्बर १ को क्रियाशिल प्रबृष्टी नहुनुमा सबै भन्दा ठूलो गल्ती वडा र त्यसपछि नगरको हो, जिम्मेवारी थाहा नपाउनेले पदमा किन बस्ने ?’’

यसरी विवाद भएपछि वडा नम्बर १ को सक्रीय सदस्य यसपटक आउने सम्भावना अति कम छ । यस्तो अवस्था यसपटक नयाँ होइन, १३ औं महाधिबेशनमा पनि नयाँ क्रियाशिल सदस्यता रोकिएको थियो । यसरी रोकिएका क्रियाशिल सदस्यहरुले यसपटकको अधिबेशनमा पहिलो पटक भाग लिन पाउने भएका छन् ।

‘‘सधै मनपरी गर्न पल्केकाहरुको मनोमानी यसपटक नचल्ने भएपछि पार्टी कव्जा गर्ने सोँचमा डुबेको एउटा झुण्ड क्षेत्रीय सभापतिका बिरुद्ध लागेका छन्’’, क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले भने ‘‘प्रक्रिया पुगेका र विवाद नभएका फारम रोक्ने अधिकार क्षेत्रीय सभापतिलाई विधानले व्यबस्था गरेको छैन ।’’

‘‘पार्टीको मेरुदण्ड भनेको क्रियाशिल सदस्य हुन्, त्यसैले क्रियाशिल सदस्यता दिदा सबैको भावना समेटेर दिनुपर्छ भन्ने विधानमा प्रष्ट भनिएको छ । तर यहाँ विधान मान्दैनौँ भन्ने समूहले नानाथरी कुरा गरिरहेको अवस्था छ । यस्तोमा म जिम्मेवार हुनुपर्छ भन्ने हो’’, क्षेत्रीय सभापति अधिकारीले भने  ‘‘जे कुराको विरोध गरेर म नेतृत्वमा आएको छु त्यही गर भनेर म कसरी गर्न सक्छु ?’’