धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

काठमाण्डौमा ७ दिन थपियो निषेधाज्ञा, निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु

काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले विभिन्न क्षेत्र खुला गर्दै निषेधाज्ञा अवधि थप गर्ने निर्णय गरेको हो ।

काठमाण्डौमा ७ दिन थपियो निषेधाज्ञा, निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु

काठमाडौ । काठमाडौं उपत्यकाको निषेधाज्ञा ७ दिन थपिएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले विभिन्न क्षेत्र खुला गर्दै निषेधाज्ञा अवधि थप गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार निजी सवारी साधनलाई जोर बिजोर प्रणाली लागु हुने भएको छ भने सार्वजनिक सवारीसाधन भने सञ्चालन हुने छैनन् । यस्तै, बैंक तथा वित्तिय क्षेत्र, फेन्सी, भाँडा पसल लगायत भीडभाड् नहुने व्यवसाय बार तोकेर चलाउन दिइनेछ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले सबै पसलहरु खुल्न दिइने उल्लेख गर्दै त्यसका लागि बार तोकिएको जानकारी दिए । उनले सबै कार्यालय खुल्ने निर्णय भए पनि कार्यालय प्रमुखहरुले जनशक्ति कम राखी भीडभाड कम हुने गरी सञ्चालन गर्न दिइने बताए ।

पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि सोमबार रातिबाट सकिँदैछ । कोरोना संक्रमण नियन्त्रण गर्न उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।