धनगढी पोष्ट
मङ्गलबार, ०८ असार २०७८ मा प्रकाशित
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा मंगलबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा ६२ जनाको नमुना परिक्षण गरिएको थियो ।
सेती अस्पतालका सुचान अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा कोरोना संक्रमित २१ जनाको उपचार भैरहेको छ । अस्पतालमा भर्ना भएका मध्य ९ जनाको आइसीयु र २ जनाको भेन्टिलेटरको सहयोगमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २ जना निको भएर र होम आाइसोलेसनमा फर्किएका छन् । २ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन् ।