धनगढी पोष्ट
सोमबार, ०८ असार २०७७ मा प्रकाशित
धनगढी
कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोन पुष्टि भएको छ । राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा लम्की चुहाका १ महिला र ५७ पुरुषमा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि भएको सबै क्वारेन्टिनमा राखेर घर पठाइएको लम्कीचुहा नगरपालिका वडा नं १ र २ का वासिन्दा हुन् ।
जेठ २८ गते कारोना परिक्षणका लागि स्वाब पठाईएका ९३ जना मध्य आज ५८ जनामा कोरोना पुष्टि भएको लम्कीचुहा नगरपालिकाले बिज्ञप्ति मार्फत जनाएको छ । क्वारेन्टिनमै रहेको बेला दुई सय ४२ जनामा गरिएको आरडिटी परिक्षणमा पोजेटिभ आएका ९३ जनाको स्वाब संकलन गरेर पीसीआर बिधिबाट कोरोना परिक्षणका लागि पठाईको थियो ।
लम्की बहुमुखी क्याम्पस र राधास्वामी सत्संगमा राखिएकाहरुको नतिजा आउन ढिलाई भएपछि घर पठाइएको लम्कीचुहा नगरपालिकालका स्वास्थ्य शाखा प्रमुख जयनती बिसीद्धारा सोमबार जारी गरेको बिज्ञप्ति जनाइएको छ । क्वारेन्टिनमा बसेको १५ दिन भैसकेको र १५ दिनपछि कोरोना सर्न नसक्ने बिश्व स्वास्थ्य संगठनको निष्कर्ष रहेकोले राष्टिय मापदण्ड अनुसार घर पठाईएको बिज्ञप्तिमा उल्लेख छ ।