धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

धनगढी उपमहानगरपालिकाको २०७८।२०७९को  बजेट १ अर्ब ८१ करोड,  चालु खर्च ५७ प्रतिशत, पुँजिगत ४३ खर्च प्रतिशत

उपमहानगरको उक्त बजेट मध्य  एक अर्ब २ करोड ८० लाख अर्थात  प्रतिशत चालु खर्च छ । पुँजीगत खर्च   ७८ करोड ७ लाख ५१ हजार  अर्थात  प्रतिशत रहेको छ ।

धनगढी उपमहानगरपालिकाको २०७८।२०७९को  बजेट १ अर्ब ८१  करोड,  चालु खर्च ५७ प्रतिशत, पुँजिगत ४३ खर्च प्रतिशत

धनगढी  । धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०७८।२०७९को एक अर्ब ८१ करोड २८ लाखको बजेट पेश गरिएको छ । उपमहानगरपालिकाको आज (मंगलबार) शुरु भएको आठौ नगर सभामा उपप्रमुख सुशीला मिश्र भट्टले आर्थिक बर्ष २०७८।२०७९को बार्षिक नीति र कार्यक्रम प्रस्तुत गर्दै  एक अर्ब ८१ करोडको बजेट प्रस्तुत गरेकी हुन् ।

उपमहानगरको उक्त बजेट मध्य  एक अर्ब २ करोड ८० लाख अर्थात  प्रतिशत चालु खर्च छ । पुँजीगत खर्च   ७८ करोड ७ लाख ५१ हजार  अर्थात  प्रतिशत रहेको छ ।

उपमहागरपालिकाको आगामी आर्थिक बर्षको बजेट चालु आर्थिक बर्ष २०७७।२०७८ को भन्दा १ करोड ७ लाखले बढी हो ।

आगामाी आर्थिक बर्षका लागि  अनुमानित आय मध्य उपमहानगरपालिकाले आन्तरिक आयबाट ४० करोड ७९ लाख व्यहोर्ने उपप्रमुख मिश्र भट्टले बताइन् । उपमहानगरपालिकाले अन्य रकम संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने  अनुमान गरेको छ  ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले धनगढी प्रति संघीय सरकार र प्रदेश सरकारले अन्याय गरेको बताए । धनगढी उपमहानगरपालिका भएर पनि गाउपालिका जस्तो व्यबहार संघ र प्रदेश सरकारले गरिरहेका छन् । प्रमुख वडले भने हैन भने धनगढीको बजेट तीन अर्बको भैसक्थ्यो ।