धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

ज्ञापन पत्र बुझ्दा बुझ्दै गयो सञ्चारमन्त्री थापाको पद

महासंघले ज्ञापनपत्र बुझाएर ध्यानकषर्ण गराइरहेकाले आफ्नो मन्त्री पद गुमेको समेत उनले थाहा पाएकी थिइनन् ।

ज्ञापन पत्र बुझ्दा बुझ्दै गयो सञ्चारमन्त्री थापाको पद

काठमाडौं   सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाको मन्त्री पद गुम्ने क्रममा पत्रकारको ज्ञापनपत्र बुझ्दै थिइन् सर्वोच्च अदालतले मंगलबार कामचलाउ सरकारलाई मन्त्रिपरिषद् विस्तार गर्ने अधिकार नभएको आदेश दिने क्रममा थापा मन्त्रालयमा पत्रकारहरूको ज्ञापनपत्र बुझ्दै थिइन्

नेपाल पत्रकार महासंघक प्रतिष्ठान प्रदेश समितका अध्यक्ष बालकृष्ण अधिकारी नेतृत्वको टोली मन्त्री थापालाई ज्ञापनपत्र बुझाउन मन्त्रालय पुगेको थियो विभिन्न कारणले प्रतिष्ठान प्रदेश अन्तर्गतका ४० शाखा सहितका ६० भन्दा बढी सञ्चार गृहका सय भन्दा धेरै पत्रकार कोरोना विरुद्धको खोप लगाउन छुटेकाले उनीहरूलाई खोपका लागि व्यवस्था गरिदिन उनीहरूले माग गरेका थिए

यस्तै, कोरोना महामारीको समयमा कुनै पनि पत्रकारहरुलाई कामबाट निकाल्ने गरी कुनै पनि ऐन, नियम कार्यविधि संशोधन नगर्न, सञ्चार उद्योग सञ्चारकर्मी दुवैलाई अलग अलग राहत प्याकेज ल्याउन, सूचना विभागले उपलब्ध गराउने प्रेस पासमा सहजीकरण गरिदिन  लगायतका माग प्रतिष्ठान प्रदेशको तर्फबाट राखिएको थियो

महासंघले ज्ञापनपत्र बुझाएर ध्यानकषर्ण गराइरहेकाले आफ्नो मन्त्री पद गुमेको समेत उनले थाहा पाएकी थिइनन् सर्वोच्चको अन्तरिम आदेश अनलाइन मिडियामा सर्वत्र भएपछि मात्रै थापाले मन्त्री पद गुमेको थाहा पाएको सचिवलालयका एक कर्मचारीले बताए

मैले आज दिनभरी ज्ञापनपत्र बुझ्ने काम मात्रै काम भयो अब ज्ञापनपत्र धेरै नल्याउनुस् है भन्दै सचिवालयका कर्मचारीलाई निर्देशन दिँदै हुनुहुन्थ्यो त्यही बेला मन्त्री पद गुमेको खबर आयो, ती कर्मचारीले भने मन्त्री थापाले सञ्चार संस्था सञ्चारकर्मीका समस्या धेरै भएकाले आफुले बुझ्न थालेको  बताएकी थिइन्