धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

प्रतिनिधि सभा बिगठन बिरुद्ध परेका रिटमाथि सुनुवाई शुरु

संवैधानिक इजलासले गत जेठ २६ गते दुवै पक्षलाई बहसका लागि १५।१५ घन्टाको समय तोकेको छ ।

प्रतिनिधि सभा बिगठन बिरुद्ध परेका रिटमाथि सुनुवाई शुरु

काठमाण्डौं प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ सुरु भएको सुनुवाइ संवैधानिक परिषदमा सुरु भएको हो आजदेखि निरन्तर सुनुवाइ गरेर असार चौथो साताभित्र फैसला दिने इजलासको तयारी

संवैधानिक इजलासले गत जेठ २६ गते दुवै पक्षलाई बहसका लागि १५।१५ घन्टाको समय तोकेको रिट निवेदकका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले बहसका लागि सुरुमा १२ घण्टाको समय पाउनेछन् त्यसपछि सरकारी वकिलले पनि १५ घण्टा नै पाउनेछन् त्यसपछि, फेरि निवेदकले घण्टा पाउनेछन् त्यस्तै, एमिकस क्युरीलाई दुई घन्टाको समय दिइएको

अदालतले यसअघि विपक्षीसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित जवाफ मागेको थियो जसको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओली सर्वाेच्च अदालतकै आदेश अनुरुप प्रतिनिधिसभा विघटन गरिएको दाबी गरेका थिए उनले सर्वोच्च अदालतबाट २०७७ साल फागुन ११ गते भएको आदेश बमोजिम नै विघटन गरिएको जिकिर गरेका छन्