धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

दार्चुलामा जोर दिन जोर नम्बर  र बिजोर दिनमा बिजोर नम्बरका सवारी साधन चल्ने

सवारी चालक तथा सह चालकहरूले एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोर्ट देखाएर मात्र सवारी साधन चलाउन पाउनेछन्  ।

धनगढी ।   केही खुकुलो बनाउदै  दार्चुला जिल्लामा १० दिन निषेधाज्ञा थप गरिएको छ ।   बुधवार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई बढाउने निर्णय गरेको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले निषेधाज्ञाको आदेश जारी गर्दै जिल्लामा सवारी साधनलाई जोर गते जोर र बिजोर गते बिजोर नम्बरका सवारी चल्न दिने व्यवस्था गरेका छन् ।

सवारी चालक तथा सह चालकहरूले एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोर्ट देखाएर मात्र सवारी साधन चलाउन पाउनेछन्  ।

 सवारी साधनमा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सिट क्षमता अनुसार सवारी राख्न पाउने प्रमुख जिल्ला अधिकारीद्धारा जारी गरिएको आदेशमा उल्लेख छ ।