धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

मलाई त्यही केटी चाहियो भने जस्तै  राष्ट्रपतिलाई ओली नै प्रधानमन्त्री चाहिन्छ भन्ने हुन सक्दैन : अधिवक्ता बन्दी

शेरबहादुर देउवाले धारा ७६ को उपधारा ५ अनुसार १४९ जनाको हस्ताक्षर सहित दाबी प्रस्तुत गरेको भन्दै अधिवक्ता बन्दीले ‘यो भन्दा ठूलो आधार के चाहियो ?’ भन्दै प्रश्न गरेका छन् ।

मलाई त्यही केटी चाहियो भने जस्तै  राष्ट्रपतिलाई ओली नै प्रधानमन्त्री चाहिन्छ भन्ने हुन सक्दैन : अधिवक्ता बन्दी

काठमाडौं ।  अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपतिले संविधानले दिएको भन्दा धेरै अधिकार प्रयोग गर्न खोजेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइमा निवेदकका तर्फबाट बोल्दै उनले भने, ‘संविधानको कुन चैं धाराले ७६(५) बमोजिमको प्रधानमन्त्री दलको हुनुपर्छ भनेको छ ? राष्ट्रपतिले संविधानले दिएको भन्दा धेरै अधिकार प्रयोग गर्न खोजेको देखिएको छ ।

उनले मलाई त्यही केटो चाहियो भने जस्तै राष्ट्रपतिलाई ओली नै प्रधानमन्त्री चाहिन्छ भन्ने हुननसक्ने बताए ।

शेरबहादुर देउवाले धारा ७६ को उपधारा ५ अनुसार १४९ जनाको हस्ताक्षर सहित दाबी प्रस्तुत गरेको भन्दै अधिवक्ता बन्दीले यो भन्दा ठूलो आधार के चाहियो ?’ भन्दै प्रश्न गरेका छन् ।

विश्वास गुमाइसकेको संसदले रिजेक्ट गरिसकेका प्रधानमन्त्रीले विघटन सिफारिस गर्न मिल्छ ?’ भन्ने प्रश्न गर्दै उनले भने, ‘अब केपी ओलीलाई नै प्रधानमन्त्री बनाउने भए त बेग्लै कुरा हो । तर, १४९ जनाको हस्ताक्षर भन्दा ठूलो आधार के नै हुन सक्छ र ?’