धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

कञ्चनपुरमा कोरोना संक्रमित एकको मृत्यु

कञ्चनपुरमा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कञ्चनपुरमा कोरोना संक्रमित एकको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा आज (बिहीवार)  एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर५ की ७६ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुरमा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड फोकल पर्सन महेन्द्रा भट्टका अनुसार संक्रमण पुष्टि हुनेमा   भीमदत्त नगरपालिकाका  ४ र शुक्लाफाँटा नगरपालिकाका २  जना रहेका छन् ,

भट्टका अनुसार एन्टिजेन परीक्षणबाट २ र पिसिआर परीक्षणबाट ४ जनामा कोरोना सङक्रमण पुष्टि भएको हो ।