धनगढी पोष्ट
शुक्रबार, ११ असार २०७८ मा प्रकाशित
धनगढी । सुदुरपश्चिममा शुक्रवार गरिएको परिक्षणमा ४० जनामा कोरोना संक्रमण पुस्टि भएको छ । प्रदेशभरिमा १ हजार ५८ नमुनाको परिक्षण गरिएको थियो
स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सेती प्रादेशिक अस्पतालमा १ शय ५ जनाको नमूना परीक्षण गर्दा १४ जना, डडेल्धुरा अस्पतालमा ५ जनाको नमूना परीक्षण गर्दा १ जना र महाकाली अस्पताल प्रयोगशामा ५ जनाको नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ ।
सुदुरपश्चिम प्रदेशमा १ शय ३ जना संक्रमित निको भई घर फर्किएका छन् ।
हालसम्म पीसीआर र एन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ५८ हजार ८ शय ८७ नमुना परीक्षण गर्दा ४३ हजार ४ शय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।