धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेती अस्पतालमा १३ जनामा कोरोना संक्रमणको पुष्टि

अस्पतालमा कोरोना संक्रमित १५ जनाको उपचार भैरहेको छ ।

सेती अस्पतालमा १३ जनामा कोरोना संक्रमणको पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको पक्षिणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा ९७ जनाको स्वाब परिक्षण गरिएको थियो ।

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा कोरोना संक्रमित १५ जनाको उपचार भैरहेको छ । अस्पतालमा रहेका मध्य ५ जनाको आइसीयु र २ जनाको भेन्टिलेटरको सहयोगमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा अस्पतालबाट १ जना निको भएर फर्किएका छन् भने २ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन् ।