धनगढी पोष्ट
आइतबार, १३ असार २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशमा आइतबार २४ जनामा संक्रमण पुस्टि भएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा ७ शय ७६ नमुना परीक्षण गरिएको थियो ।
स्वास्थ्य निर्देशनालय दिपायका अनुसार प्रदेशमा पीसीआर बिधिबाट ७३ नमुनाको परिक्षण गर्दा ३ जनामा र एन्टिजेन बिधिबाट ७ शय ३ नमुनाको परिक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय दिपायका अनुसार महाकाली अस्पतालको प्रयोगशालामा ८ जनाको नमूना परीक्षण गर्दा २ जना र बैतडी अस्पतालमा ६५ नमूना परीक्षण गरेकोमा १ जनामा कोरोना देखिएको छ ।
यस्तै ३० जना संक्रमित निको भई घर फर्किएका छन् ।