धनगढी पोष्ट
सोमबार, १४ असार २०७८ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि ल्याएको बजेट सोमबार प्रदेश सभाबाट पारित भएको छ ।
यही असार १ गते सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमालेको ओली समूहले बजेटमा असहमति जनाएपनि बहुमतको आडमा सरकारले बजेट पारित गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ३० अर्ब ३३ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।
यसअघि बजेटमाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिदै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले वार्षिक कार्यक्रम पुस्तिकामा दोहोरो परेका, रकम, नाम र ठेगाना तत्काल सच्याउने प्रतिबद्धता व्यक्त गरे ।