धनगढी पोष्ट
सोमबार, १४ असार २०७८ मा प्रकाशित
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा मंगलबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा ८४ जनाको स्वाब आरटी पीसीआर परिक्षण गरिएको थियो ।
अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा कोरोना संक्रमित १५ जनाको उपचार भैरहेको छ । अस्पतालमा रहेका मध्य ५ जनाको आइसीयु र २ जनाको भेन्टिलेटरेको सहयोगमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ३ जना अस्पतालमा भर्ना भएका छन् भने छ जना निको भएर र होम आइसोलेसनमा गएका छन् ।