हिमशिखरद्धारा सात शेयर सदस्यका परिवारलाई राहत हस्तान्तरण

हिमखिर सहकारीले  आफ्ना शेयर सदस्यको मृत्यु भएमा राहत कोषबाट राहत स्वरुप सदस्यका परिवारलाई रकम प्रदान गर्दै आइरहेको छ ।

हिमशिखरद्धारा सात शेयर सदस्यका परिवारलाई राहत हस्तान्तरण

धनगढी । हिमशिखर बहुउद्देश्यीय सहकारी सस्था लि ले कोरोना संक्रमणका कारण मृत्यु भएका आफ्ना शेयर सदस्य पुस्कल कर्मचार्यको परिवारलाई राहत स्वरुप पाँच हजार रुपैया प्रदान गरेको छ ।

कर्माचार्यकी श्रीमती सुनिता कर्माचार्यलाई सोमबार हिमशिखरका राहत कोषका सदस्य बिष्णु पुरीले रकम  हस्तान्तरण गरेका हुन् ।

यसअघि कोरोनाका कारण मृत्यु भएका शेयर सदस्य चिन्तामणी ढुङगेलका परिवारलाई पनि हिमशिखरले पाँच हजार रुपैया हस्तान्तरण  गरेको थियो ।

हिमखिर सहकारीले  आफ्ना शेयर सदस्यको मृत्यु भएमा राहत कोषबाट राहत स्वरुप सदस्यका परिवारलाई रकम प्रदान गर्दै आइरहेको छ । चालु अािर्थक बर्ष २०७८।२०७९ मा मृत्यु भएका सात जना शेयर सदस्यका परिवारलाई राहत उपलव्ध गराइएको  हिमशिखरका  राहत कोषका सदस्य एवम  बजार व्यवस्थापक मन्जु शाहीले बताइन् ।

शाहीका अनुसार  यसै आर्थिक बर्षमा राहत कोषबाट तीन जना शेय सदस्य महिलाहरुलाई गर्भवती स्याहार सामाग्री उपलव्ध गराइसकिएको छ ।

 हिमशिखर सहकारीका प्रवन्धक महेन्द्र शाहीले शेयर सदस्यहरुलाई अफ्ठेरो परेको बेलामा  सहयोगका लागि राहत कोषको व्यवस्था गरिएको बताए । “सदस्य र सदस्यका परिवारलाई केही राहत होस् भन्ने उदेश्य हो । प्रवन्धक शाहीले भने राहत कोषलाई अझै बढाएर राहत पनि बढाउने सोच बनाएका छौं ।