धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

बत्ती जाँदा उठ्दैन प्राधिकरणको फोन

बत्ती जाँदा उठ्दैन प्राधिकरणको फोन

धनगढी

 मंगलबार राती धनगढीमा अत्याधिक गर्मि थियो । त्यसैमा विद्युत सेवा अबरुद्ध भइरहेको थियो ।

 गर्मिमा विद्युत नभएपछि सर्वसाधारण प्राधिकरणमा फान गर्न थाले । तर विद्युत प्राधिकरण धनगढी शाखाको नम्बरमा भने पटकपटक सम्पर्क नभएको भन्ने प्रतिक्रिया आइरहन्थ्यो ।

 विद्युत प्राधिकरणको लेण्डलाईनमा फोन गर्दा सम्पर्क हुन सकेन भन्ने प्रतिक्रिया आएपछि आम नागरिक भने प्राधिकरणले फोन नलाग्ने बनाएको भन्दै आक्रोसित थिए ।

 ‘अत्याधिक गर्मिका कारण पंखा नभइ घर भित्र बस्न सकिने अवस्था छैन धनगढी३ विशालनगरका राजेन्द्र रम्तेलले भने–‘त्यसैमा बत्ती गइरहन्छ, विद्युत प्राधिकरणको फोन कहिल्यै लाग्दैन । प्राधिकरणले फोन नलाग्ने बनाउँदा आफुहरुले बत्ती किन गायो ?, कहिले आउँछ ? भन्ने कुरा बझ्न समेत नपाउने गरेको उनको दुखेसो छ । कुलमान घिसिङ प्राधिकरणमा हुँदासम्म यस्तो समस्या कहिलै आएको थिएन उनले भने–‘तर उनि गएपछि भने विद्युत प्राधिकरणको व्यवस्थापन प्रणाली विग्रोको छ । 

 विद्युत प्राधिकरणले भने टेलीकमको लेण्डलाईन सेवा बत्तीगएका वेला बन्द हुने गरेका कारण यस्तो समस्या भएको प्रतिक्रिया दिएको छ । विद्युत प्राधिकरणले उक्त समस्या आफ्नो नभई टेलिकमकै भएको समेत जनाएको छ । नेपाल विधुत प्राधिकरण वितरण शाखा धनगढीका प्रमुख सुरेन्द्र चौधरीले काम विशेषले कुनै ठाउँमा विद्युत अबरुद्ध गर्नपरे सो स्थानको लेण्डलाईन टेलिफोन सेवा स्वतः अबरुद्ध हुने गरेको बताए ।

 ‘मर्मतका लागि विद्युत सेवा अबरुद्ध हुँदा विद्युत प्राधिकरणको फोन सेवा समेत अबरुद्ध हुनेगरेको छ शाखा प्रमुख चौधरीले भने–‘यसले ग्राहकलाई समेत अफ्ठ्यारो बनाएको छ ।

विद्युत लाईन अबरुद्ध भएपछि ग्राहकले फोन गर्दा हाम्रो टेलिफोन सेवा बन्द भएको हुन्छ उनले भने–‘ग्राहक हामी संग रिसाउँछन् तर यो समस्या हामीले निम्त्याएका हैनौं, टेलिकमकै समस्या हो ।

 बत्ती जाँदा फाइबर चार्ज नहुने भएका कारण टेलिफोन सेवा अबरुद्ध हुनेगरेको नेपाल टेलिकम धनगढी शाखाका शाखा प्रमुख शुरज मल्लले बताए । तर उनले घर अथवा कार्यालयमा इन्भरटर भए राउटरलाई चार्ज गर्दा भने फोन सेवा अबरुद्ध नहुने बताए । फोन सेटको राउटरमा इन्भरटरबाट चार्ज दिएको खण्डमा बत्तीगएका वेलामा समेत फोनसेवा सुचारु भइरहन्छ शाखा प्रमुख मल्लले भने–‘यो सवै स्थानको समस्याहो ।

 तर विद्युत प्राधिकरण धनगढी वितरण शाखा प्रमुख भौधरीले भने आफुहरुलाई इन्भरटर राख्ने अधिकार नभएको बताए । अत्तरियाबाटै विद्युत अबरुद्ध भएमा मात्रै विदुत प्राधिकरणको फोन सेवा अबरुद्ध हुनेगरेको छ उनले भने–‘अन्य समयमा यस्तो समस्या हुँदैन, इन्भरटर राख्ने अधिकार भने हामीलाई छैन ।