धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

मापदण्ड विपरित भाडा असुले कारवाही गर्ने चेतावनी

मापदण्ड विपरित भाडा असुले कारवाही गर्ने चेतावनी

धनगढी

 कैलालीमा दुई महिना देखी बन्द सार्वजनिक सवारी साधन बुधबार देखी सुचारु भएका छन् । सोमबार बसेको जिल्ला स्तरिय कोभिड व्यवस्थापन समितिको बैठकले जोर विजोर प्रणालीका आधारमा आन्तरिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

 आन्तरिक यातायात सुचारु भएसंगै भाडामा मनोमानी हुन सक्ने भन्दै प्रहरीले नियम विपरित चर्को भाडा असुलेको पाइएमा कारवाही गर्ने चेतावनी दिएको छ ।

 ‘यातायात सुचारु भएको पहिलो दिनमै चर्को भाडा असुलि भएको भन्ने गुनासो आएको छ’ जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले भने–‘हामीले पहिलो दिन सवैलाई सचेत गराएका छौं, भोलि देखी नियम विपरित भाडा असुलेको पाइएमा कारवाही गरिन्छ ।’

 विष्टका अनुसार बुधबार कैलालीका विभिन्न स्थानमा प्रहरीले सवारी चेकजाँच गर्दै चालक तथा सह–चालकलाई नियम अनुसार भाडा उठाउन सचेत गराएको छ ।


ट्रेन्डिङ