धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

टीकापुरको वडा बिभाजनका बारेमा मेयर र वडा अध्यक्षबीच भनाभन, कार्यपालिका बैठक स्थगित

कार्यपालिकाको बुधवार भएको  बैठकमा नगर प्रमुख तपेन्द्र बहादुर रावल र वडा अध्यक्ष रामलाल डगौरा थारुबीच वडा विभाजनको प्रस्तावलाई लिएर भनाभन भएको थियो ।

टीकापुरको वडा बिभाजनका बारेमा मेयर र वडा अध्यक्षबीच भनाभन, कार्यपालिका बैठक स्थगित

टीकापुर  टीकापुर नगरपालिकाको वडा विभाजनको प्रस्तावमा विवाद बढेपछि  टीकापुर नगरपालिका कार्यपालिकाको बैठक स्थगित भएको

कार्यपालिकाको बुधवार भएको  बैठकमा नगर प्रमुख तपेन्द्र बहादुर रावल वडा अध्यक्ष रामलाल डगौरा थारुबीच वडा विभाजनको प्रस्तावलाई लिएर भनाभन भएको थियो राजनीतिक दलहरूले दिएको सुझाव अनुसार  वडा भिाजन गर्नु पर्ने मेयर रावलले बताए पछि वडा अध्यक्ष थारुले त्यसको प्रतिवाद गरेका थिए वडा अध्यक्ष  थारुले कार्यपालिका बैठकमा भएको  छलफल   सहमतिका आधारमा वडा विभाजनको प्रस्ताव नगरसभामा लैजानुपर्ने बताएका थिए

कार्यपालिका बैठकमा छलफल नै नगरी नगर प्रमुख  रावलले वडा विभाजनको प्रस्ताव नगरसभामा लैजान खोजेको भन्दै वडा अध्यक्ष थारुले आत्रालेश पोखेका थिए कार्यपालिका बैठकमा छलफल गरेर अघि बढौं भन्ने मेरो भनाई हो, उनले भने, ‘तर मेयरले एकलौटी पेलेर जान खोजे उनले सबै जातजातिको मनोभावनालाई सम्बोधन हुनेगरी राजनीतिक दलहरूले दिएको सुझाव भित्रै पनि सहमति जुट्न सक्ने आधार रहेको बताए।

टीकापुर नगरपालिकाको वडा नम्बर लाई बिभाजन गर्ने प्रस्ताव कार्यपालिका बैठकमा उठेको हो यसअघि पनि बैठकमै विवाद भएपछि यो प्रस्ताव पारित हुन सकेको थिएन

नगर प्रमुख रावलले वडा बिभाजनका बारेमा राजनीतिक दलहरूसँग सुझाव मागेका थिए राजनीतिक दलहरूले हालको वडा नंम्बर लाई वडा नम्बर लाई वडामा विभाजन गर्न उपयुक्त हुने सुझाव दिएका छन्