धनगढी पोष्ट
बिहिबार, १७ असार २०७८ मा प्रकाशित
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा बिहीवार १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । अस्पतालमा आरटी पीसीआर बिधिबाट ७५ जनाको कोरोना परिक्षण गरिएको थियो ।
सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा कोरोना संक्रमित २१ जनाको उपचार भैरहेको छ । अस्पतालमा रहेका मध्य ५ जनाको आइसीयु र ३ जनाको भेन्टिलेटरको सहयोगमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत छ जना निको भएर र होम आइसोलेसनमा गएका छन् भने ७ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन् ।