धनगढी पोष्ट
बिहिबार, १७ असार २०७८ मा प्रकाशित
धनगढी । बिहीबार गरिएको परिक्षणमा सुदूरपश्चिम प्रदेशमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुदुरपश्चिममा आरटी पीसीआर एन्टिजेन बिधिबाट १ हजार ८८ नमूनाको परिक्षण गरिएको थियो ।
स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पिसिआर बिधिबाट १ सय ६७ नमूनाको परिक्षण गर्दा ३२ जना र एन्टीजेन बिधिबाट ९ सय २१ नमूनाको कोरोना परिक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।
सुदुरपश्चिममा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २० जना निको भएका छन् ।