धनगढी पोष्ट
बिहिबार, १७ असार २०७८ मा प्रकाशित
कन्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा बिहीवार तीन मीटर लामो अजिङ्गर फेला परेको छ । दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ मा रहेको गौरीशंकर सामुदायिक वन नजिकै अजिङ्गर फेला परेको हो ।
गाउलेले अजिङ्गर देखेपछि सशस्त्र प्रहरीलाई खबर गरेका थिए ।
सशस्त्र प्रहरीले अजिङ्गरलाई उद्वार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाएको छ ।