धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

वडा बिभाजनमा सहमति जुट्न नसकेपछि टीकापुर नगर सभा स्थगित

नगरसभा असार १९ गते १ बजेसम्मका लागि स्थगित भएको हो  ।

वडा बिभाजनमा सहमति जुट्न नसकेपछि टीकापुर नगर सभा स्थगित

टीकापुर । वडा विभाजनका विषयमा कार्यपालिकाको बैठकमा सहमति जुट्न नसकेपछि टीकापुर नगरपालिकाको नगर सभा फेरि स्थगित गरिएको छ ।

कार्यपालिकाको आज (बिहीवार) भएको  बैठकमा वडा विभाजनका विषयमा सहमति जुट्न नसकेपछि बिहीवार आव्हान गरिएको नगरसभा स्थगित भएको हो ।  नगरसभाले वडा विभाजन बाहेकका अन्य सबै प्रस्ताव पारित गरिसकेको सदस्य सचिव अर्यालले जानकारी दिए ।

नगरसभा असार १९ गते १ बजेसम्मका लागि स्थगित भएको सदस्य सचिव मोहन अर्यालले जानकारी दिए । नगर सभा असार ६ गते शुरु भएको हो  ।

 बुधबार भएको कार्यपालिकाको बैठकमा सहमति जुटन नसकेपछि हिजो पनि नगर सभा  स्थगित गरेर बिहीवार बोलाइएको थियो ।

नगर प्रमुख तपेन्द्र रावले राजनैतिक दलहरुसँगको  सहमतिमा वडा नम्बर १ लाई ५ वडामा बिभाजनको प्रस्ताव नगर सभामा लग्ने पक्षमा छन् । तर वडा अध्यक्ष रामलाल डगौरा थारु  सहितका सदस्यहरु वडा नम्बर १ लाई छ वडामा बिभाजन गर्नु पर्ने पक्षमा उभिएका छन्  ।

वडा अध्यक्ष थारुले समति नभए नगरसभामा आफ्ना तर्फबाट समेत प्रस्ताव लैजाने तयारी भैरहेको बताए । दुई वटै प्रस्ताव नगरसभामा लैजाने प्रयासका लागि सहमति भैरहेको छ उनले भने– ‘कुन प्रस्ताव पारित हुन्छ नगरसभाले निक्र्यौल गर्छ ।

टीकापुररको वडा नम्बर  १ मा  ५० हजार भन्दा बढी जनसंख्या छ । नगरपालिकाले राजनीतिक दलहरुले दिएको सुझाव अनुसार वडा नम्बर  १ लाई ५ र वडा नम्बर  २ लाई २ वटा वडामा विभाजन गर्ने गरी तयारी थालेको छ । वडा अध्यक्ष थारु लगायतका केही वडा नम्बर १ लाई ६ वटा वडा बनाउनुपर्ने पक्षमा छन् ।