धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदुरपश्चिममा कोरोना संक्रमित एक जनाको मृत्यु, ३४ जनमा संक्रमण पुष्टि

प्रदेशमा गरिएको परिक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढी । सुदुरपश्चिम प्रदेशमा  शनिबार कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । प्रदेशमा गरिएको परिक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा एन्टिजेन बिधिबाट १ हजार  ४ शय ५९ जनामा गरिएको परिक्षणमा १६ जनामा  र पीसीआर बिधिबाट १ शय २१ जनामा गरिएको परिक्षणमा  १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार  डडेल्धुरामा १० जनामाा गरिएको परिक्षणमा १ जना, सेती अस्पतालमा ९९ जनामा गरिएको परिक्षणमा १९ जनामा, कमलबजार अछाममा १० जनामा गरिएको परिक्षणमा ८ जनामा र महाकाली अस्पतालमा ४७ जनामा गरिएको परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।