धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

छ  वडामा बिभाजन गर्ने निर्णयको बिरोधमा टीकापुर नगरपालिकामा  तालाबन्दी, नगरसभा फेरि स्थगित

आज (शनिबार) बोलाइएको  नगर सभा स्थानीयको बिरोधपति असार २५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

छ  वडामा बिभाजन गर्ने निर्णयको बिरोधमा  टीकापुर नगरपालिकामा  तालाबन्दी, नगरसभा फेरि स्थगित

टीकापुर । टीकापुर नगरपालिकाको वडा नम्बर १ लाई ६ वडामा बिभाजन गर्ने दलहरुको सहमतिको बिरोध गर्दै वडावासीले नगरपालिकामा ताला लगाएपछि टीकापुर नगरपालिकाको नगरल सभा फेरि स्थगित भएको छ । आज (शनिबार) बोलाइएको  नगर सभा स्थानीयको बिरोधपति असार २५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

राजनैतिक दलहरुले यसघि सिफारिश गरेको ५ वडामा  बिभाजन गर्नु पर्ने सुझाव नै कार्यान्वयन हुनु पर्ने माग तालबान्दी गर्ने स्थानीय वासिन्दाहरुले गरेका छन् । 

पाँच वडामा बिभाजन गर्ने निर्णयको वनगाउँका बासिन्दाले तिब्र बिरोध गरेपछि  टीकापुरका राजनैतिक दलहरुले यसअघिको निर्णय सच्याउँदै   टीकापुरको वडा नम्बर १ लाई ६ वडामा बिभाजन गर्ने निर्णय गरेका थिए ।

राजनीतिक दलहरुको पछिल्लो सुझाव प्रति ब्लक नम्बर बी, सी, २४, २५ का बासिन्दाले विरोध जनाएका छन् । उनीहरुले नगरपालिका कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

वनगाउँका बासिन्दाको माग सम्बोधन भएपछि अन्य ठाउँका बासिन्दा समेत वडा विभाजनको विरोधमा उत्रिएका हुन् । उनीहरुले दलहरुले दिएको पहिलो सुझावलाई नै कार्यान्वयन गर्न माग गरेका छन् ।

वडा नम्बर १ लाई  ६ वडा बिभाजन गर्नु पर्ने पक्षमा रहेका वडा अध्यक्ष रामलाल डगौरा थारुले वडा विभाजन हुन नदिने नगरसभालाई प्रभावमा पार्ने प्रयास भैरहेको  बताए । उनले भने– ‘ वडा विभाजनको विरोध नियोजित रुपमा भैरहेको छ ।

नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्लाले राजनीतिक इगोका कारण वडा विभाजनको मुद्दा राजनीतिकरण भैरहेको बताए । हरेक व्यक्ति र गुटका आफ्ना स्वार्थ जोडिएका छन् । उनले भने–‘ यो विषयमा धेरै नै राजनीति भैरहेको छ ।

५० हजार भन्ददा बढी जनसंख्या रहेको  टीकापुर नगरपालिकाको डा नम्बर १ लाई चालु नगरसभामा नै बिभाजन गर्न नगरपालिकाले प्रयास गरिरहेको छ ।