धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

मनोमानी सडक खन्दा ९९ घर भाँसिए, गाउँलेको विचल्ली

मनोमानी सडक खन्दा ९९ घर भाँसिए, गाउँलेको विचल्ली
file photo

धनगढी

 बाजुराको हिमाली गाउँपालिका५ क्युडीकामा सडकका कारण बस्ती नै विस्थापित भएको छ । कमजोर धरातल रहेको सो वडामा गाउँ मुनिबाट मनोमानी सडक खनेका कारण जमिन भाँसिएको हो । जमिन भाँसिदा ९९ परिवार गाउँछोडेर जानुपरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले बताए ।

   ‘पहिरो गएको गाउँ उसै पनि कमजोर भूबनोटको थियो उनले भने– ‘त्यसैमा यस बर्ष गाउँ मुनिबाट सडक खन्न डोजर लगाइयो, जसका कारण हामीले ठुलो क्षेति व्यहोरेका छौं ।

 सडक खन्दा गाउँपालिकासंग कुनै समन्वय नभएको अध्यक्ष शाहीले बताए । प्रदेश सरकारले सो क्षेत्रमा सडक निर्माण गर्न १ करोड छ्ट्याएको रहेछ अधयक्ष शाहीले भने– ‘त्यो बजेट कसरी कार्यान्वयन भयो, कसले ठेक्का पायो, हामीलाई जानकारी भएन, हामीलाई सोधेको भए सो स्थानमा बाटो नै बन्ने थिएन ।

 उनका अनुसार वडा नम्बर ५ का ९९ पहिरो पिडित अहिले करिब डेढ किलोमीटर टाढाको जंगल क्षत्रमा गएर बसिरहेका छन्।

 गाउँले बसेको स्थान अवलोकन गरेका हिमाली गाउँपालिका४ का वडा अध्यक्ष रमेश विकका अनुसार अहिले सो क्षेत्रमा खाद्यान्नको चरम अभाव भएको छ । त्रिपालको सहारामा कसेका स्थानीयको बसाई समेत असुरक्षित रहेको वडा अध्यक्ष विकले बताए ।

  त्रिपालका सुत्ने राम्रो प्रबन्ध छैन उनले भने– ‘खाद्यान्नको समेत चरम अभाव भएको छ, यसले रोगको महामारी फैलिन सक्ने खतरा बढेको छ ।

 पहिरोका कारण जंगलमा बस्नु पर्दा महिला र बालबालिकालाई बढी समस्या भएको उनले बताए । उनका अनुसार पहिरोका कारण करिव ६ सय जना पिडित भएका छन् ।

 उनका अनुसार सडकका कारण गाउँ भाँसिदा अहिले सम्म १ घर पुर्ण रुपमा क्षति भएको छ, भने अधिकांस घर चर्किएका छन् । ठुलो बर्षा भए जुनसुकै बेला पनि सवै घर बग्न सक्ने उनले बताए ।

बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले पिडित परिवारलाई तत्कालिन राहतको व्यवस्था गर्न खाद्यान्न पठाइएको बताए ।

  गाउँपालिकाको समन्वयमा हामीले तत्काल ३० क्वीन्टल खाद्यान्न र केही त्रिपाल सो स्थानमा पठाएका छौं प्रमुख जिल्ला अधिकारी अधिकारीले भने– ‘यसबाहेक जस्तापाताको माग समेत गाउँपालिकाबाट भएको छ, हामीले गृह मन्त्रालयमा जानकारी गराएका छौं ।

वडा नम्बर ४ का ३५ परिवार पनि विस्थापित

 लगातारको बर्षापछि बाजुराको हिमाली गाउँपालिका४ को फैती  गाउँ स्थित दलित बस्तीमा पहिरो जाँदा करिव ३५ घर परिवार विस्थापित भएका छन् ।

 बर्षापछि गाउँ माथिबाट पहिरो जाँदा ३५ परिवार विस्थापित भएका वडा अध्यक्ष रमेश विकले बताए । तर सो स्थानमा सडकका कारण पहिरो भने नगएको उनले बताए ।

  गाउँ माथिबाट पहिरो जाँदा ३५ परिवार विस्थापित भएका छन् उनले भने– ‘उनीहरुका लागि बैकल्पिक व्यवस्था गर्नु आवश्यक देखिएको छ, पहिरो गएको स्थान  बस्न योग्य देखिदैन ।