धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

सुदूरपश्चिमका थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमका थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 सुदूरपश्चिममा सोमबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सोमबार तीन सय ४७ जनाको पिसिआर परिक्षण गर्दा १९ तथा ७ सय ८ जनाको एन्टिजेन परिक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 सोमबार सेतीको परिक्षणमा १७, डडेल्धुराको परिक्षणमा १ जना तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परिक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

 निर्देशनालयका अनुसार सोमबार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।