धनगढी पोष्ट
मङ्गलबार, ०९ असार २०७७ मा प्रकाशित
धनगढी
स्वाव संकलन भएको लामो समयसम्म रिपोर्ट नआएपछि बाजुराको बुढिगंगा नगरपालिकाका नगर प्रमुख नगरमा संकलन गरिएको स्वाव बोकेर जुम्ला पुगेका छन् । नगरप्रमुख दिपक बिक्रम शाह नगरमा संकलन गरिएको २ सय ३८ जनाको स्वाव जुम्लाको कर्णाली स्वास्थ्य प्रतिष्ठानमा पु¥याएर फर्किएका छन् ।
सुदूरपश्चिम प्रदेशमा धनगढीमा एक मात्र प्रयोगशाला रहेको र रिपोर्ट आउन कम्तिमा २ हप्ता लाग्ने भएपछि चाँडो रिपोर्ट आएर ब्यबस्थापनमा सजिलो होस भन्नका लागि कर्णाली स्वास्थ्य प्रतिष्ठानसंग समन्वय गरि स्वाव त्यहाँ पु¥याएको नगरप्रमुख शाहले बताए । उनले भने– ‘धनगढी प्रयोगशालामा पठाएको २ सय ५० भन्दा बढी स्वावको रिपोट पनि आएको छैन, यता संकलन भएको ३ सय २८ जनाको स्वाव स्वास्थ्य संयोजक दिपक शाह सहित गएर जुम्लाको कर्णाली स्वास्थ्य प्रतिष्ठानमा पु¥यायौं, आज बेलुकासम्म रिपोट आउँछ ।’
‘बुढीगंगा नगरपालिकामा अहिले पनि १६ सय भन्दा बढी भारतबाट आएका मानिस क्वारेन्टिनमा रहेका छन्’ नगरप्रमुख शाहले भने– ‘लामो समयसम्म क्वारेन्टिनमा राख्दा एकातिर नगरपालिकालाई खर्च ब्यबस्थापनमा समस्या भएको छ भने अर्कोतिर कोरोना संक्रमण फैलिने जोखिम पनि बढेको छ, त्यसैले बिकल्प सोचेका हौं ।’
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयसंग पटक–पटक आग्रह गर्दा पनि सम्भव नभएपछि जुम्लामा समन्वय गरिएको नगरप्रमुख शाहले बताए ।
बुढीगंगा नगरपालिकामा हालसम्म २० जना कोरोना संक्रमित पुष्टि भैसकेक छ । ती मध्य एक जना दुई बर्षीय वालिकाको मृत्यु भईसकेको छ ।
बाजुरा स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले बाजुरामा संकलन गरेर पठाईएका ८ सय २९ जनाको स्वावको नतिजा आउन वाँकी रहेको बताए । उनले जिल्लामा हालसम्म ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।